विन्ध्यवासिनीबाट खैरो हिरोइनसहित २ जना पक्राउ
पाेखरा | पुस १९, २०८१
पोखरा: कास्की प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा १ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका–४ घर भएका ३२ वर्षीय दिपक विक रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (बिहीबार) साँझ लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल बरामद गरेको छ ।
उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

